एनसेलको चाडपर्व योजनामा स्मार्टफोन जित्ने सकिने «

एनसेलको चाडपर्व योजनामा स्मार्टफोन जित्ने सकिने

एनसेलका ग्राहकले यस उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
एनसेल आजियाटाले दसैं, तिहार र छठ पर्वको अवसरमा आकर्षक योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा धेरै भन्दा धेरै आगमनकलमा कुरा गर्ने २१ जना ग्राहकले १/१ वटा गरी हरेक हप्ता २१ वटा स्मार्टफोन पाउनेछन् ।
विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमाब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनिहरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् । यो योजना कात्तिक २४ गते सम्म सञ्चालनमा रहनेछ । स्मार्टफोन जित्नका लागि योग्य हुन कम्तिमा ग्राहकले माथि उल्लेखित देशहरुबाट कम्तिमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । ब्यालेन्स रिचार्ज अन्तर्गत स्मार्टफोन जित्न योग्यहुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ ।
प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्तवा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले. जनाएको छ । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्