सामलिङ पावरको आयोजना प्रभावितलाई छुट्याएको आईपीओ बाँडफाँट «

सामलिङ पावरको आयोजना प्रभावितलाई छुट्याएको आईपीओ बाँडफाँट

सामलिङ पावर कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दा तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीका लागि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट गरेको छ । कम्पनीले २०७८ भदौ १८ गतेदेखि २०७८ असोज १ गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्कासन गरेको थियो
आयोजना अतिप्रभावित समुहका लागि छुट्याइएको सेयरका लागि ३२५५ योग्य आवेदनहरु परेको थियो । आयोजना अतिप्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् ।
प्रभावित समुहका लागि छुट्याइएको सेयरका लागि १७७८९ योग्य आवेदन परेको थियो । आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म सेयर पाएका हुन् ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल ५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । पहिलो चरणको साधारण सेयर बाँडफाँट गरेसँगै कम्पनीले सार्वसाधारणका लागि पनि साधारण सेयर निष्काशन गर्ने अन्तिम तयारी थालेकोसमेत बताएको छ ।
कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत् आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्नगरी यही असोज १ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्