कोसी करिडोरको पहिलो प्याकेज हस्तान्तरण

कोसी करिडोर अन्र्तरगतको पहिलो प्याकेजमा पर्ने सुनसरी जिल्लाको इनरुवा देखि संखुवासभा जिल्लाको तुिम्लङटारसम्मको २२० केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ ।
धनकुटाको हिलेमा बुधबार एक कार्यक्रमका बिच ठेकेदार कम्पनीले यो प्रसारण लाइन सरकारलाई हस्तान्तरण गरेको छ । ठेकेदार कम्पनी कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेको हो । सुनसरीदेखि तुम्लिङटारसम्म करिब ७६ किलोमिटरमा ३ सय २६ वटा टावर निर्माण भएका छन् । त्यस्तै दोस्रो प्याकेजमा पर्ने बसन्तपुर, बोनेश्वर, तुम्लिङटार र इनरुवामा निर्माण हुने २२० स्तरको सव स्टेसनको कार्यसमेत ८० प्रतिसत भएको जनाएइको छ ।
तेस्रो प्याकेजमा दुई अर्ब पचास करोड रुपैयाँको लागतमा निर्माण हुने बसन्तपुरदेखि ढङ्गेसाँघुसम्मको करिब ३५ किलोमिटरको प्रसारण लाइन निर्माणको कार्य समेत ७० सम्पन्न भएको छ । यी सबै आयोजना निर्माण पछि अरुण र तमोर नदी तथा तिनका सहायक नदीमा निर्माण गरिने जलविद्युत् आयोजनामा उत्पादित बिजुली ग्राहकसम्म पु¥याउन सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।