सहमतिमा मात्र एमसीसी पास : मन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी, सीमा, बाँध, बीआरआईलगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले सहमति नभइ र राष्ट्रिय हीत बिपरित् मुद्दा पेस गर्न नमिल्ने पनि बताए । मन्त्री खड्काले राष्ट्रको हित विपरित् कुराहरु पास गर्नु नहुने भन्दै सम्झौता गरिएका मुद्दा राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए । उनले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरुसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरु गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिए ।
बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै समितिले अबको परराष्ट्र नीति कस्तो बनाउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफमा अबको परराष्ट्रनीति नजिकका मित्र र अन्य परराष्ट्रहरुसँगको सम्बन्धलाई एकतावद्ध गरेर जानुपर्ने बताए ।