वैदेशिक रोजगारीबाट फर्केर कृषि फार्म सञ्चालन «

वैदेशिक रोजगारीबाट फर्केर कृषि फार्म सञ्चालन


गाउँघरमा खेतीपाती गरेर नगद आर्जन नहुने देखेका भीमसेनकुमार श्रेष्ठ अन्ततः खेतीपातीबाटै नगद आर्जन गरिरहेका छन् । आफू बेरोजगारी भएको महसुस गरेका श्रेष्ठ डेढ लाख खर्चेर २०६१ सालमा मलेसिया पुगे । सुरुका वर्षमा उनले नेपाली एघार हजार कमाए । साहुको ऋण तिर्न २० महिना लाग्यो ।
२०६५ सालमा नेपाल फर्केर उनले धादिङबेंसीमा होटल खोले । त्यसबाट पनि उनले सन्तुष्टि पाएनन् । आफ्नै गाउँ ढोलामा किराना र कपडा पसल एकै साथ गरे त्यसबाट पनि सन्तुष्टि मिलेन । उन श्रम नै गरेर नगद आर्जन गर्ने सोचमा केही समय मजदुरी गरे तर पनि आत्मा सन्तुष्टि मिलेन । श्रेष्ठ पुनः विदेश जाने निधो गरेर काठमाडौंको यात्रा तय गरे । बाढभन्ञ्याङ कटेपछि घर बनाएर बाँकी रहेका फाँटमा सेताम्य प्लाष्टिक देखेका उनलाई सेताम्य प्लाष्टिकले मन तान्यो । उनी प्लाष्टिकभित्र के छ बुझ्न प्लाष्टिक भएतिर पुगे । त्यहाँ पुग्दा प्लाष्टिकभित्र लटरम्म गोलभेडा फलेको देखेर उनको विदेश यात्रामा पूर्णविराम नै लाग्यो । गोलभेडाको बीउ किनेर गाउँ फर्के ।
नारायणकुमार श्रेष्ठले उनलाई प्लाष्टिक उपलब्ध गराए । २०६८ सालमा प्लाष्टिक टनेलभित्र गोलभेडा फलाए । ५०/५५ बोटबाट फलेको गोलभेडा बेच्न उनलाई लाज भयो । लुकिछिपी गाउँको पसलमा बेचे । गाउँमा गोलभेडाको माग बढ्यो । उनी हौसिएर गोलभेडासहितका तरकारीखेती गर्न दत्तचित साथ लागे ।
उनको उत्पादन गाउँदेखि जिल्ला सदरमुकामसम्म पुग्यो । लगानी र मिहिनेतअनुसार आम्दानी र मुनाफा चित्त बुझ्दो भएपछि उनीले क्षेत्र विस्तार गरी कृषिकर्मलाई निरन्तरता दिँदै गए । २०७५ सालमा ज्वालामुखी गाउँपालिकामा एसजी कृषि फर्म दर्ता गरे । उनको लगाव र मिहिनेतसँंगै अहिले २८ रोपनी क्षेत्रफलमा कृषि फर्म विस्तार भइसकेको छ । उनले कृषि ज्ञान केन्द्रबाट २०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख गरी २५ लाख अनुदान लिएका छन् । उनले १० वर्ष अघिदेखि आफूसक्दो लगानी थप्दै गएका छन् । उनको कृषि फर्मलाई मुक्तिनाथ विकास बैक धादिङबेंसी शाखाले २०७७ असोजमा १० लाख ऋण सहयोग गरेको छ । उक्त बैकले कृषि फर्मको ७० लाख धितो मूल्यांकन गरी ऋण सहयोग गर्ने प्रस्ताव गरिरहेको छ ।
तर श्रेष्ठलाई हाल पैसा खाँचो नभएकाले ऋण लिन अस्वीकार गरेको बताए । उनको फर्ममा मौसमी तथा बेमौसमी तरकारीहरू फलिरहेका छन् । उनले खासगरी गोलभेडा, घिरौला, काँक्रो, करेला लगाउँछन् । उनले उत्पादन गरेको तरकारी पालिका सदरमुकाम साँधभन्ज्याङ, जिल्ला सदरमुकाम धादिङबेंसीमा बिक्री गर्छन । बेमौसमी तरकारी गाउँलेहरूले फर्मबाटै पनि किन्ने गरेको श्रेष्ठले बताए ।
आफ्नो जग्गाले मात्र नपुगेर नौ रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँ तिरेर भाडामा लिएका छन् । खानेपानी समेत पर्याप्त नपाउने ठाउँमा तरकारी खेती आफैमा चुनौतीपूर्ण छ । आकाशे पानी संकलन र अरुले पानी लगिसकेपछि धारो र पधेरोबाट मोटर लगाएर पानी तान्छन् । अहिलेसम्म त केही भनेका छैनन् । अब के भन्ने हुन् पानी व्यवस्थापन गर्ने चिन्ता छ ।
गत वर्ष १८ लाखको तरकारी बिक्री गरेका थिए । आठ लाख खर्च भयो । घरका तीनजना संलग्न छांै । एक जनालाई खाएर मासिक आठ हजार तलब दिएको छु । अरु कामअनुसार दैनिक आठ÷नौजना लगाउनु पर्छ । मलखाद व्यवस्थापन अलि कठिन छ । बनाउन त प्रागांरिक मल बनाउँछु । ३६ वटा बाख्रा र दुईवटा गाई पनि छ । नपुगेको मल गाउँमै किन्छु ।
उत्पादनमूलक कार्य गर्दा आनन्द आउँछ । थोरै लगानीबाट सुरु गर्दा सिकिँदै जाने र लगानीको बोझ पनि नहुने भएकाले थोरै लगानीबाट कृषि क्षेत्रमै लाग्न युवाहरूलाई सुझाउँछन् श्रेष्ठ । विदेशमा पाँच÷सात वर्ष त बसिएला । तर बुढेसकालमा नेपाल आएर के गर्ने । त्यस कारण सकेसम्म विदेश नजान र गए पनि दोहो¥याएर विदेश नगई परिवारसँंगै बसेर स्वदेशमै स्वरोजगार बन्न अथ्र्याउँछन् उनी । अहिले स्थानीय र प्रदेश सरकार किसानमैत्री बन्दै गएकाले काम गर्ने वातावरण भएकोमा श्रेष्ठ खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्