नेपाली बजारमा भित्रियो ‘मदिरा सारङ्गी’, १८० देखि ७५० मिलि प्याकमा उपलब्ध

बुधबारदेखि अन्तर्राष्ट्रिय स्तरको ‘मदिरा सारङ्गी’ नेपाली बजारमा उपलब्ध भएको छ । नेचुरल स्पिरिट्स नेपालले तयार पारेको मदिरा सारङ्गी रिएको अलग्गै र उत्कृष्ट स्वादमा बजारमा आएको बताइएको छ ।
सारङ्गी मदिरामा हिमाली भेगको सुमधुरताबाट प्रेरित भएकाले हिमालकै सुर, स्वाद र जोश समेटिएको कम्पनीले दाबी गरेको छ । उक्त मदिरा प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो । जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा रहेको छ । हिमालबाट झरेका निर्मल, कंचन जलका साथमा आयातित उत्कृष्ट गुणस्तरको माल्टसँग सर्वोकृष्ट अन्नहरु मिश्रण गरेर अनुभवी एवं दक्ष मास्टर ब्लेण्डर्सले सो मदिरा उत्पादन गरेका हुन् ।
नेचुरल स्पिरिट्स नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परमानन्द पाण्डेले भने, ‘सारङ्गी नेपालको मौलिक एवं आफ्नै पहिचान हो । यही पहिचानलाई थप नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ हामीले स्वदेशमा स्वदेशकै प्रचलित विधि र परम्परालाई आधार मान्दै यो नयाँ मदिरा उत्पादन गरेका छौं । यो यही उत्पादन समुहका मदिराहरु मध्ये सबैभन्दा उत्कृष्ट र उच्च किसिमको मदिरा भएको मदिराका शौखिनहरुले महसुस गर्नेमा हामी विश्वस्त छौं । यो मदिरा नै हो, त्यसैले उपभोक्तालाई हदभन्दा बाहिर नगई यसको आनन्द लिन आग्रह गर्छुु ।’
नेपाली बजारमा सारङ्गी ७५०, ३७५ र १८० मिलि प्याकमा उपलब्ध रहेको छ ।