पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहण जोड दिन आवश्यक «

पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहण जोड दिन आवश्यक

पोखरा – गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहणमा जोड दिन आवश्यक रहेको बताए । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दशैं को अवसरमा आयोजित शुभकामना आदानप्रदान र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन कार्यक्रममा उनले पर्यटन प्रवद्र्धनका लागि पर्वतारोहण पर्यटनको महत्वलाई उजागार गर्दै यसको विकासमा जोड दिनुपर्ने औंल्याए ।
सांसद पहारीले कोरोना महामारीले सुस्ताएको पर्यटनलाई उकास्न अब पर्यटक लक्षित कार्यक्रममा जोड दिनुपर्ने बताए । उनले खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिएर पर्यटकलाई डुल्न घुम्न सहज गराउनुपर्ने धारणा राखे । कोरोनाका कारण पर्यटन व्यवसायी निकै मर्कामा परेको उल्लेख गर्दै प्रदेशका अर्थमन्त्रीले करको दायरा बढाउने कुरा गर्नु ‘गलगाड माथिको पिलो’ जस्तै भएको जनाउँदै आयको दायरा बढाउने कार्यक्रम ल्याउन आग्रह गरे ।
पर्वतीय पर्वतारोहण सञ्चालक समिति सदस्य हरि लामिछाने संग्रहालयमा वार्षिक औसत साढे ३ लाख पर्यटक अवलोकनका लागि आउने गरेको जनाउँदै यसलाई पर्यटकको आकर्षक गन्तब्यको रुपमा विकास गर्न थप नीतिगत योजनाहरु आवश्यकता रहेको औंल्याए ।
संस्थाका सल्लाहकार देवका पहारीले कोरोनाका कारण सिजनको समयमा पनि पर्यटन क्षेत्र सुनसान बन्न पुगेको बताए । उनले पर्वतीय संग्रहालयकालाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थपा प्रचार प्रसारको खाँचो औंल्याए । कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपानेलगायतले संस्थाको गर्दै गतिविधि र भावि कार्यक्रमको बारेमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्