दानीपिपलमा ४ सय केभी प्रसारणलाइन सबस्टेसन बन्ने «

दानीपिपलमा ४ सय केभी प्रसारणलाइन सबस्टेसन बन्ने

जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० सय केभी प्रसारण लाइनको सबस्टेसन बन्ने भएको छ ।
दानीपिपलमा उत्पादन कम्पनीका प्रमुख मोहन पन्त, ग्रिड उत्पादन कम्पनी प्रमुख नेत्र ज्ञवाली, नलगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक रामकाजी थापा, सांसद गणेसप्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल र नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावललगायतले स्थानीयसँग सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणका विषयमा छलफल गरका छन् । जाजरकोट, रुकुम र डोल्पा जिल्लामा बन्न लागेका विद्युत् आयोजनाको विद्युत् वितरण गर्न सबस्टेसन दानीपिपलमा निर्माण गर्न लागिएको नलगाड जलविद्युत् आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए । रुकुमको उत्तरगंगा विद्युत् आयोजना, डोल्पाको दगदला, जाजरकोटको भेरी १, २ , ३ र चिसापानी डाडागाउँ विद्युत् आयोजना, ताँसुगाड आयोजना र नलगाड जलविद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि दानीपिपलमा सवबटेसन निर्माण गर्न स्थानीयसँग छलफल गरिएको हो ।
जमिन पक्का र सबैको बीचमा दानीपिपल भएकाले यहाँको १५० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । छलफलमा स्थानीयवासीले सबस्टेन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको थापाले बताए । जाजरकोटलाई विद्युत्को हब बनाइने सांसद गणेसप्रसाद सिंहले बताए ।

 

प्रतिक्रिया दिनुहोस्