एमसीसी सहमतिमा मात्र अगाडि बढ्छ : परराष्ट्र मन्त्रालय

परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बसेको बैठकमा मन्त्री डा. खड्काले एमसीसीबारे दलहरुको एकस्वर हुनुपर्ने बताए । एमसीसीमा माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर पनि प्रश्न गरे । एमसीसीबारे जनतामा गलत सूचना गएको पनि मन्त्री खड्काको भनाइ थियो । परराष्ट्र सम्बन्धी सबै विवादित विषयमा राजनीतिक दलहरूबीच सहमतिमा नै अगाडि बढाउनुपर्ने खड्काले बताए ।