लोसपाले माग्यो मुख्यमन्त्री राउतको राजीनामा «

लोसपाले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

प्रदेश २ को प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ ।
बुधबारको प्रदेश सभा बैठकमा लोसपा प्रदेश २ संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको सुशासनमाथि प्रश्न उठेको भन्दै सुशासन कायम गर्न नसक्ने मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् । अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर संघीयता कमजोर बनाउन खोजेको मुख्यमन्त्रीको भनाइपछि सोनलले अख्तियारले छापा हान्दैमा लौकामा औँला देखाए झैँ संघीयता नसुक्ने बताए । उनले मुख्यमन्त्री राउतलाई वर्तमान सरकार संविधानको कुन धारा अन्तर्गत चलिरहेको छ भन्ने विषयमा जानकारी गराउन माग गरे ।
प्रदेश स्थापनाकालमा प्रदेशसभा भवनको मर्मत सम्भार गर्न ७ करोड रकम आएकोमा त्यसमा अनियमितता भएको तर त्यसको प्रतिवेदन आफुहरुले सर्वसम्मत गरेर दिएपनि अख्तियारले अहिलेसम्म कुनै एक्सन नलिएको सत्तापक्षकै सांसद चौधरीले आरोप लगाए । सत्तारुढ जनता समाजवादी पार्टीले अख्तियारले छापा मार्दैमा त्यसविरुद्ध जुलुस निकालेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्