नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता «

नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टन्स्, लोकल बैंक ग्यारेन्टीलगायतका सुविधा उपलब्ध गर्न सक्ने छन् ।
नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्