कोका–कोला नेपालद्वारा सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी «

कोका–कोला नेपालद्वारा सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी

कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासहरूलाई दर्शाएको छ ।
कम्पनीका अनुसार रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड १९ को बेलाको प्रतिक्रिया सहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पु¥याएको छ जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन् । जसरी कोका–कोलाले आफ्नो दशकको कार्यलाई सम्पन्न गर्दै गइरहेको छ, यसले संयुक्त राष्ट्रसंघको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ ।
कम्पनीले राष्ट्रको लागि पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरुको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको जनाएको छ । नेपालमा कोका–कोलाले २०० प्रतिशत भन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ जसमा रेन वाटर हार्वेस्टिङ, ग्राउन्डवाटर रिचार्ज र वाटरएड र स्मार्टपानीसँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजनाहरु रहेका छन् ।
यसको अर्थ कोका–कोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागि नेपाल भरिका समुदायहरुलाई दोब्बर पानी फिर्ता दिनेछ । २०१८ मा, कोका–कोलाले विश्वव्यापी रूपमा ‘वल्ड विथआउट वेस्ट’ अभियानको घोषणा गरेको थियो जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरुलाई संकलन र रिसाइक्लिङ गर्ने थियो ।
यसको ग्लोबल भिजनको समर्थनमा कोका–कोलाले ‘वल्ड विथआउट वेस्ट’का उद्देश्यहरु लाई प्राप्त गर्न को लागि आगामी आउने धेरै परियोजनाहरुको पहल गरेको छ जसमा नगरमित्र, रिसाइक्लर साथी र क्रिएसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुको संयोजनमा रिफ्रेस र रिसाइकलहरु सामेल रहेका छन्। यी परियोजनाहरु सामूहिक रूपमा काठमाडौं भरीका २ नगरपालिका र काठमाडौं बाहिरका ७ नगरपालिकाहरुमा रहेका छन् ।
डिजाइन इनोभेसन र हल्का वजनमा निर्मित रहेको एएसएसपी प्याकेजिङ २५० मिलीलिटर र ५०० मिलीलीटरको भेरियन्टमा उपलब्ध रहेको छ । त्यसै गरी, न्यूनतम प्रणाली ब्रेकेजको बाहेक बजारबाट १०० प्रतिशत रिकभरीको लागि आरजीबी (रिटर्नेबल ग्लास बोतल)को प्रयोग गरिन्छ । जसलाई१०० प्रतिशत रिसाइकल गर्न सकिन्छ । यसबाहेक, कोका–कोलाले सेकेन्डरी प्याकेजिङमा प्लास्टिकको उपयोगलाई कम गर्नको लागि विभिन्न आपूर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्