सानिमा बैंकको नयाँ शाखा काठमाडौंको गोकर्णेश्वरमा

सानिमा बैंकले काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरे । मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुने विस्वास व्यक्त गरे ।
त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बंैकको देशका सातै प्रदेशमा गरी १०९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।