राष्ट्रिय वाणिज्य बैंकको थप सात शाखा विस्तार «

राष्ट्रिय वाणिज्य बैंकको थप सात शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे ।
थप गरिएका नयाँ शाखाहरुमा बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरिस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा रहेका छन् ।
यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्