नेपालका सडकमा ११ सय ११ निशान म्याग्नाइट गाडी «

नेपालका सडकमा ११ सय ११ निशान म्याग्नाइट गाडी

नेपाली बजारमा १ हजार १११ युनिट निसान म्याग्नाइट गाडी बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ ।
यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जनाएको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको समेत पायोनियर मोटोकर्पले दाबी गरेको छ । निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा लन्च गरिएको थियो । त्यस पश्चात ७४ दिनकै अवधिमा गत साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको कम्पनीले जनाएको छ ।
“यो पायोनियर मोटोकर्पका लागि एक कोशेढुंगा साबित भएको छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ” कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्