विप्लवलाई शान्तिपूर्ण आन्दोलनमा आउन आग्रह «

विप्लवलाई शान्तिपूर्ण आन्दोलनमा आउन आग्रह

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले विप्लव नेतृत्वको नेकपालाई पुरानो दलदलको हिंसाको मार्गतिर नजान आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाज दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पहाडीले गतल बाटो त्यागी शान्ति प्रक्रियामा आउन विप्लव नेतृत्वको नेकपालाई आह्वान गरेका हुन् ।
“इतिहासबाट पाठ सिक्नुपर्छ । बिपी नेतृत्वको नेपाली कांग्रेसले पनि हिंसात्मक आन्दोलन गरेको थियोे, परिणाम के भयो ?” पहाडीले स्मरण गराए, “नेकपा मालेले पनि हिंसात्मक आन्दोलन त्याग्यो । १२ बुँदे सहमति गरेर तत्कालीन नेकपा माओवादी शान्तिपूर्ण मार्गमा आयोे । २०६५ सालमा माओवादीले देशको नेतृत्व गरेकै हो । विगतमा गरेको हिंसाको अनुमोदन होइन, शान्तिपूर्ण मार्गमा आएका कारण नागरिकले मतदान गरी मुलुक सञ्चालन गर्न स्वागत गरेका छन् ।”
राजनीतिक रिक्ततालाई भर्नका लागि हिंसाको दलदलमा नजान उनले विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्