चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र «

चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र

सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो । बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए ।
उनले पसलहरुले बिक्री गरिरहेका लत्ताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए । अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको उनले बताए । झाले तीन जनालाई तत्काल जरिबाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए । उनले पसलमा मुख्य व्यापारी नभएकोले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताए ।
निरीक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्