सरकारविरुद्ध महिला संघको प्रदर्शन «

सरकारविरुद्ध महिला संघको प्रदर्शन

अर्घाखाँची- नेपाल महिला संघ जिल्ला कार्य समिति अर्घाखाँचीले सरकारको विरोधमा प्रदर्शन गरेको छ । कम्युनिष्टको सरकार : महँगी र भ्रष्टाचार, अधिनायकवादी सरकार मुर्दावाद आदि नाराका साथ संघले प्रदर्शन गरेको हो ।
वाइडबडी विमान खरिदमा ठूलो घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, द्वन्द्वकालीन मुद्दा लागेकाहरुलाई माफी दिनेलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै -यालीले सन्धिखर्क, चुत्रावेशी बजार परिक्रमा गरेको थियो ।
-यालीपछिको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले सरकारले गोविन्द केसीसँग भएका सहमति अक्षरशः पालना गनुपर्ने बताए । प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेकोले आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिइन् । उनले राणा शासन ढालेको, बहुदल ल्याउने तथा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व लिएको आफ्नो पार्टीलाई कमजोर ठान्ने गल्ती गरे नागरिकले वर्तमान सरकारलाई पनि ढालिदिने चेतावनी दिइन् ।

प्रतिक्रिया दिनुहोस्