डिभाइन वाइनको नयाँ उत्पादन बजारमा «

डिभाइन वाइनको नयाँ उत्पादन बजारमा

महाकाली वाइन प्रालिले नेपाली वाइन बजारमा आफनो नयाँ ब्राण्ड डिभाइन वाइन प्रिमियम ल्याएको छ ।
कम्पनीको प्रिमियम उत्पादन आप्mनै अंगुर बारी (भाईनयार्ड)मा फलेको उच्च्तम् गुणस्तरको स्वाद र सुगन्ध भएको अंगुरबाट बनेको जनाएको छ । उच्चतम् प्रविधि प्रयोग गरी उत्पादित नेपाली वाइन अन्तर्राष्ट्रिय स्तरको स्वाद तथा गुणस्तरमा नेपालीमाझ प्रस्तुत गरिएको कम्पनीको दावी छ ।
कम्पनीले आप्mना प्रिमियम उत्पादनद्वरा नेपाली वाइन प्रेमीलाई सन्तुष्टी प्रदान गर्नुका साथै देशको अर्थतन्त्रमा पनि योगदान दिने लक्ष्य राखेको जनाएको छ । हरेक दृष्टिकोणले एक सच्चा राष्ट्रिय उत्पादनमा वृद्धि गर्नुका साथै डिभाइन वाइन प्रिमियमलाई निर्यातसमेत गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
डिभाइन वाइन प्रिमियमलाई नेपाली वाइन बजारमा उच्च सम्मान, माया तथा समर्थन प्राप्त हुनेमा कम्पनी पूर्ण विश्वस्त रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्