लाखौँ मूल्य बराबरको औषधि बरामद «

लाखौँ मूल्य बराबरको औषधि बरामद

पहाडी जिल्लाका नाकाबाट समेत औषधिजन्य वस्तुको तस्करी हुने गरेको खुलासा 

इलाम – पहाडी जिल्लाबाट औषधिजन्य वस्तुको तस्करी हुने गरेको खुलेको छ । गएराति इलामको पशुपतिनगर स्थित नाकाबाट लाखौं मूल्यको तस्करी बरामत भएसँगै यसको पुष्टि भएको छ । यस नाकाबाट अन्य बस्तुहरूको तस्करी हुने गरेको भएपनि यसपटक लुकाइ राखिएको औषधि नै बरामद भएको छ ।
इलामको सूर्योदय नगरपालिका ३ पशुपतीनगर स्थित नेपाल भारतसिमा लालिखर्क भन्ने स्थानबाट ८० लाख बराबरको औषधि बरामद गरिएको हो ।
नगरपालिका–३ स्थित नेपाल भारत सिमावर्ती पशुपतिनगरको लालिखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा स्टक गरेर राखिएको औषधि सशस्त्र प्रहरी बल पशुपतिनगर (बिओपि) ले बरामद गरेको जनाइएको छ ।
अबैध रुपमा लाखौं मूल्यको औषधि नेपाल आयात हुँदै गरेको सुचनाका आधारमा सशस्त्र प्रहरीको गस्ति टोलीले सोमबार राति १० बजे औषधि बरामद गरेको ससस्त्र प्रहरी बल बलबाट जानकारी प्राप्त भएको छ । ४० वटा कार्टुनमा बरामद भएको सो औषधिको मूल्य ५० लाख भारु (नेपाली रुपैयाँ ८० लाख) बराबरको रहेको बताइएको छ । बरामद गरिएको औषधि मंगलबार नै भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको औषधि नपाली बजारमा चलेको औषधि रहेको छ । अधिकाँश औषधि बाथरोग, युरिक एसिड, ग्यास्ट्रिक र महिलाहरूका लागि प्रयोग हुने किसिमको औषधि रहेको बताइएको छ ।
बरामद भएको औषधिमा नेपालमा प्रतिबन्धित औषधि भने नभएको बताइएको छ । ठूलो परिमाणमा औषधि बरामद गरिए पनि त्यो औषधि कसले, कहाँ लान लागेको भन्ने बारेमा खुल्न सकेको छैन । खुल्ला सिमानाको फाइदा उठाएर तस्करहरूले बिगतमा लत्ताकपडा, खाद्य सामग्री, मेसिनरी पार्टपुर्जा, मदिराजन्य पदार्थको तस्करी हुँदै आएको छ । तर औषधिको तस्करी भने हालसम्म नभएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
यो घटनाले पूर्वी पहाडी जिल्लाबाट समेत औषधिको तस्करी उच्च रुपमा भइरहेको पुष्टि गरेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । औषधि ओसार पसारमा संलग्नहरूको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्