रुसले चन्द्रमामा मानिस उतार्ने «

रुसले चन्द्रमामा मानिस उतार्ने

मस्को-रुसले २०३१ सम्ममा चन्द्रमामा मानिस उतार्ने योजना बनाएको आरआईए नोभोस्टि समाचार संस्थाले जनाएको छ । रसियन सेन्ट्रल रिसर्च इन्सटिच्यूट अफ मेसिन बिल्डिङको दस्तावेजलाई उद्र्धृत गर्दै एजेन्सीले यस्तो जनाएको हो ।
क्रु सदस्यहरुले चन्द्रमामा अन्तरिक्ष यात्रीको गतिविधि सञ्चालन गर्ने अपेक्षा गरेका छन् । उनीहरुले रसियन एकेडेमी अफ साइन्सेसले निर्धारण गरेको कार्यलाई पनि कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।
रुसले २०३२ मा अन्तरिक्ष यात्रीलाई पठाउनका लागि चन्द्रमामा रोभर पठाउने योजना पनि बनाएको छ । दोस्रो भ्रमणका टोलीले यो सवारीको परिक्षण गर्नेछन् ।
१ वर्षपछि अन्तरिक्ष यात्रीले वैज्ञानिक परिक्षण गर्न र रोबोटिक प्रणालीको परिक्षण गर्नका लागि चन्द्र रोभरमा लामो दुरीको भ्रमण गर्ने अपेक्षा गरेका छन् ।
रुसले २०३४ मा चन्द्र आधार (लुनार बेस) को निर्माण सुरु गर्ने र यसलाई २०३५ मा पनि निरन्तरता दिने लक्ष्य निर्धारण गरेको छ ।
“रुसले २०३० सम्म सक्रिया रुपमा चन्द्र कार्यक्रमलाई कार्यान्वयन गर्नेछ । हाम्रो मुलुकले चन्द्रमामा अन्तरिक्ष यात्रीलाई पठाउने लक्ष्य लिएको छ,” २०१८ को अप्रिलमा राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए ।
फेडेराट्सिया एयरक्राफ्ट पूर्णताको नजिक पुगेको छ । यसैबीच चन्द्र परियोजनाका लागि रकेट बनाउने कामको सुरुवात भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्