Logo

गजुरी गाउँपालिकाका बालबालिकामा मौसमी कुपोषण

गजुरी गाउँपालिकाका पाँच वर्षमुनिका बालबालिकामा चैत्रदेखि असारसम्म कुपोषित संख्या बढ्ने देखिएको छ । खाद्यन्नमा उपलव्धता, पर्याप्त र पहुँच हुने महिना सोनदेखि फागुनसम्म कुपोषित संख्या घट्ने देखिएको छ । गत असारसम्म ४३ जना बालबालिकामा शीघ्र कुपोषित रहेको तथ्यांक रहेको छ । एकीकृत सामुदायिक पोषण तथा खाद्य सुरक्षा परियोजना सञ्चालन गरेको शान्ती नेपालले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका सहभागिहरुले बालबालिकामा मौसमी कुपोषण रहेको स्वीकार गरेका हुन् ।
संस्थाले बजार क्षेत्र बाहेकका घरपरिवारलाई समेटेर कार्यक्रम सञ्चालन गरेको छ । दुई हजार ९८ परिवारका दुई हजार छ सय ६५ जनामा कार्यक्रम प¥याएको छ । एक हजार पाँच ४२ बालबालिका मध्ये ९३ जना बालबालिका कुपोष रहेकाछन् । ती कुपोषित बालबालकिा मध्य ५० जना मध्यम खालको कुपोषण र ४३ जनामा शिघ्र कुपोषण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वडा न. १ मा चार जना कुपोषित मध्ये तीन जना शीघ्र कुपोषित, वडा नंं २ मा १२ जना कुपोषित मध्य नौ जना शीघ्र कुपोषित, वडा नं. ३ मा पाँच जना कुपोषित मध्ये चार जना शीघ्र कुपोषित र वडा नं. ४ मा २४ जना कुपोषित मध्य ११ जना शिघ्र कुपोषित रहेकाछन् । यसैगरी वडा नं. ५ मा तीन जनामध्ये दुई जना शीघ्र कुपोषित, वडा न ६ मा १९ जना कुपाषित मध्ये पाँच जना शीघ्र कुपोषित, वडा नं ७ मा ११ जना कुपाषित मध्ये चार जना शीघ्र कुपोषित र वडा नं ८ मा १५ जना कुपोषित मध्य पाँच जना शिघ्र कुपोषित रहेका छन् ।
एकीकृत सामुदायिक पोषण तथा खाद्य सुरक्षा परियोजना सञ्चालन गरिरहेको संस्थाले यस अघि गजुरी गाउँपालिकाको वडा नं १ देखि ६ सम्म वृद्धि अनुगमन केन्द्र खडा गरी पाँच वर्षमुनिका बालबालिकाको तौल लिएर वृद्धि अनुगमन गदै आएको थियो । गत आर्थिक बर्षबाट वडा नं. ७ र ८ मा समेत वृद्धि अनुगमन गर्ने भएपछि गाउँपालिकासंग श्रोत साझेदारी गरेको छ । ४७ जना समूह स्रोत व्यक्ति परिचालन गरी आठै वडामा ४७ स्थानमा वृद्धि अनुगमन केन्द्र तोकि बालबालिकाको अनुगमन गरिरहेके छ । समूह स्रोत व्यक्तिलाई पाँच बर्षमुनिको बालबालिकाको तौल दिने, गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्था जान सहजीकरण गर्ने, कुपोषित बालबालिकाका परिवारसंग भेटघाट तथार परार्मश गर्ने र मासिक रूपमा स्वास्थ्य संस्थामा हुन समीक्षा बैठकमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ । ती समूह स्रोत व्यक्तिले तोकिएको काम पुरा गरेबापत मासिक एक हजार पाँच सय रुपयाँ पाँउछन् । वृद्धि अनुगमन केन्द्रहरु वडा नंं १ मा पाँच, वडा नं २ मा चार, वडा नं. ३ मा आठ, वडा नंं ४ मा सात, वडा नं. ५ मा छ, वडा नं. ७ मा पाँच र वडा नंं ८ मा छ रहेकाछन् ।
खुला दिशामुक्त घोषित गाउँपालिकामा अझ तीन सय ९४ परिवार खुला शौच गर्छन् । त्यसकारण पनि कुपोषणमा वृद्धि हनु पुगेको हुन सक्छन् । कुपोषण हुनेको धेरे कारण मध्ये खुला शौच गर्नु पनि एक कारण हुने सरसफाई विज्ञ डाक्टर कृष्णमा शाक्यले बताए । खाद्यन्न अभाव हुने समयमा कुपोषण बढ्नु भनेको सम्वन्धित परिवारमा खाद्यन उपलव्धता नहुनुनै मुख्य कारण हो । स्वास्थ्य शाखाले खाद्यन्न उपलव्धता गराउन भएकाले बहु क्षेत्रको प्रभावकारी सहभागितात्मक कार्यक्रम र अनुगमन आवश्यक हुने गाउँपालिका स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले बताए । हामी निर्वाचित भएपछि स्वास्थ्य षेत्रमा निकै लगानी गरेकय छौ । तर भौतिक पूर्वाधारको जस्तो नतिजा तुरुन्तातुरुन्त नदेखिने भएकाले नतिजा आउन समय लाग्ने उपाध्यक्ष सिता ढुंगानाले बताइन् । केही वर्ष अघिभन्दा केही सुधार भएको छ ।
हामीले खानेपानी स्वास्थ्य सरसफाइमा निकै काम गरिसकेकाछौ । उत्पादन बढाउन पनि कृषि विकास शाखा र पशुविकास शाखाले निकै बजेट परिचालन गरेकाछन् । अझ पुग्न पर्ने ठाँउमा पु¥यान नसकिएको होला । हामी त्यस्ता गाउँबस्ती परिवारमा कार्यक्रम पु¥याउन प्रयत्न गर्ने छौ र केही वर्षभित्र कुपोषण सदाका लागि अन्त्य गर्ने छौ अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । कार्यक्रममा सहभागिहरुले खाद्यन्न अभाव हुने गाउँवस्तीमा आयआर्जन र उत्पादन तथा रोजगारमुलक कार्यक्रम सञ्चालन गर्न गाउँपालिकालाई सुझाएकाछन् ।

प्रतिक्रिया दिनुहोस्