नेपाल बंगलादेश क्यापिटलको लाभांश पारित

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्मको संचित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई २०७८ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।