नेपाल टेलिकमको चाडपर्व अफर «

नेपाल टेलिकमको चाडपर्व अफर

नेपाल टेलिकमले चाडपर्वलक्षित अफरहरु सार्वजनिक गरेको छ । मंगलबारदेखि डेटा र भ्वाइस प्याक एवम् रिचार्ज गर्दा बोनससहितका अफर टेलिकमले ल्याएको हो ।
डेटा प्याकअन्तर्गत टेलिकमले २९४ रुपैयाँमा २० जीबी डेटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डेटा तीन दिनभित्र प्रयोग मिल्ने अफर ल्याएको छ । एक दिनका लागि अनलिमिटेड एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा दिने टेलिकमले जनाएको छ ।
भ्वाइस सेवाअन्तर्गत टेलिकमले २५ रुपैयाँमा एक दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक दिने जनाएको छ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डेटा प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ । दुई सयदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दिन दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १०२४ एमबी डेटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।
यो अफरहरु दसैंका लागि कात्तिक २ गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै, तिहार, न्हुँदया र छठको अवसरमा यी अफरहरु कात्तिक १६ देखि २४ गतेसम्म पुनः उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्