सिटी सेन्टरको चाडपर्व उपहार योजना

काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरले दसैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । सपिङ मलमा आउने ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्य राखी सिटी सेन्टरले यो योजना ल्याएको हो ।
किनमेल गर्ने ग्राहकलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसवर्ष चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गतेदेखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।
सपिङ मलमा आउने ग्राहकलाई दैनिक लक्की ड्र, सपिङ भौचरका साथै साप्ताहिक लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने छ ।
लक्की ड्रको कुपनमार्फत विजेताकालागि चितवन, पोखरालगायतका ठाउँमा रहेका होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने छ ।
यसबाहेक सिटी सेन्टरमा रहेका व्यवसायीहरुले ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रिलगायतका अन्य आकर्षक छुट तथा योजनासमेत प्रदान गर्ने बताइएको छ । यो योजना छठ पर्वसम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।