सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियोबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लुजामेक अप स्टुडियो एण्ड स्किन केयर प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीहरुले लुजामेक अप स्टुडियोका विभिन्न सेवामा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुका लागि समेत घरमै बसेर निःशुल्क मोबाइल बैकिङमार्पmत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङमार्पmत विभिन्न सेवा प्रदायकका बिल भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकका देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिव साढे १२ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।