Logo

नीतिगत व्यवस्था परिमार्जन गर्न महासंघको माग


केही नीतिगत व्यवस्थाका कारण सेयर बजारमा उतार चढाव आएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले तिनलाई तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने बताएको छ ।
केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पुँजीबजारमा उतार चढाव आएको महसुस गरिएको भन्दै महासंघले उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग गरेको हो ।
मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तीय र बिमा कम्पनीको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनु, विद्युत् नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण सेयर बजारमा असर परेको महासंघको भनाइ छ । “ सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पुँजी बजार ओरालो लागेको कारण आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ” महासंघले भनेको छ ।
“कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको बन्दावन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेतापनि नेपालको पुँजी बजार भने यस अवधिमा गतिशील रही पुँजी बजारको इतिहासमा सर्वाधिक राजस्वसमेत प्रदान गर्न सफल रहयो भने आम लगानीकर्ताको पुँजी बजारप्रतिको विस्वास पनि बढायो जुन अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो” महासंघले भनेको छ ।
महासंघका अनुसार बजारमा प्रविधिको प्रयोग र बैंक वित्तीय संस्थामा अधिक तरलता रहँदा धेरै लगानीकर्ताले अवसर पाए । अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्पmको आकर्षण बढ्दै गएको महासंघको दावी छ । मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहने भन्दै महासंघले पुँजी बजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालासँग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा आग्रह पनि गरेको छ ।
पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्तालाई आपूmले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघले आग्रह गरेको छ ।
संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक छ भन्दे महासंघले बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि माग गरेको छ ।
पूंजी बजारकोे बिकास एवं प्रवद्र्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुदा त्यसपर्तm सबैले योगदान गर्न पनि महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्