प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई नारायणी सेन्ट्रल हस्पिटलमा छुट «

प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई नारायणी सेन्ट्रल हस्पिटलमा छुट

प्रोग्रेशिभ फाइनान्स र नारायणी सेन्ट्रल हस्पिटल वीरगन्जसँग स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार प्रोग्रेशिभ फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताले विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौतापत्रमा फाइनान्सको सिमारा शाखाका शाखा प्रबन्धक सबीर अली र नारायणी सेन्ट्रल हस्पिटलका अध्यक्षसुमन क्यालले हस्ताक्षर गरे ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई सम्झौताबाट फाइनान्स ग्राहकहरुले थप लाभ पाउने बताए । फाइनान्सले हाल १५ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्