जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइड आयोजना

जगदम्बा मोटर्सले एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको माइलस्टोन मनाउन सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ ।
यो राइड नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको हो । राइडको बीचमा ललितपुरको महालक्ष्मीस्थान, भक्तपुरको कौशलटार र भक्तपुरका टिभियसका शोरुमका बिवक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।
भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, मनोरन्जनात्मक खेलहरु र सहभागीसँग अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । यो सेलिब्रेसनको मुख्य उद्देश्य सबै दर्ता गरिएकामध्ये चुनिएका एनटर्किएनलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु रहेको कम्पनीले जनाएको छ ।