आइएमई डबलको डबलको डबल अफरमा दोस्रो हप्ताका विजेता घोषणा «

आइएमई डबलको डबलको डबल अफरमा दोस्रो हप्ताका विजेता घोषणा

आइएमईले दसैंको अवसरमा सार्वजनिक गरेको डबलको डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका छन् ।
उनीहरुले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २७८ र ३१ हजार ६५३ रूपैयाँ पठाएका थिए । अफर अनुसार आइएमईले उनीहरु वा उनीहरुको सिफारिसमा निकटका आफन्तलाई क्रमशः ७२ हजार ५५६ र ६३ हजार ३०६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर कात्तिक २६ गतेसम्म सञ्चालन हुने छ । अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत् गरिनेछ ।
आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।
सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्