हिमालयन बैंकको प्रिन्टर सहयोग «

हिमालयन बैंकको प्रिन्टर सहयोग

हिमालयन बैंकले उदयपुरको महिला कृषक समूहलाई फोटोकपीसहितको प्रिन्टर मेसिन सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी समुहको आर्थिक सहयोगमा गठित उदयपुरको चौडण्डीगढीस्थित दिदी बहिनी कृषक समूहलार्ई सो सामग्री हस्तान्तरण गरेको हो ।
सो संस्थाले करिब एक दशकदेखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आएको छ । बैंकका तर्फबाट बंैकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्