फोर्ड एभरेष्टको नेपाली बजारमा बुकिङ खुला «

फोर्ड एभरेष्टको नेपाली बजारमा बुकिङ खुला

फोर्ड नेपालले प्रिमियम एसयूभी सेग्मेन्टको उद्देश्यमा आधारित क्षमता भएकोे फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारबाट २१३ पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लिवाई–टर्बोको नेपाली बजारमा बुकिङ खुल्ला गरेको घोषणा गरेको छ ।
सो मोडलले संसारकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट सहित जसले सजिलै गति लिन मद्दत गर्ने कम्पनीको दावी छ । यस्तै चाहेको रेन्जमा गियर लक गर्ने लचकता पनि सो मोडलमा उपलब्ध हुने बताइएको छ ।
७ वटा एयर ब्यागको सुरक्षा, टेरानम्यानेजमेन्ट सिस्टमको क्षमता एडप्टिभ क्रुज कन्ट्रोलको सहजता, आन्टिपिन्च सेन्सर भएको ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिन सहितकोे सुविधाका साथै डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोलको सुविधान पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
अन्य थुप्रै फिचरहरु रहेको सो मोडलको नेपाली बजारमा सुरुवाती मूल्य एक करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्