सरकारद्धारा विकास साझेदारहरुलाई अंकुश लाउने तयारी «

सरकारद्धारा विकास साझेदारहरुलाई अंकुश लाउने तयारी

विकास साझेदारहरुले सहायता रकम राष्ट्रिय बजेट प्रणाली वाहिर गएर खर्च गर्न थाले पछि सरकारले अंकुश लाउने तयारी गरेको छ ।
अर्थ मन्त्रालयले दातृ निकाय र संस्थाहरुले सहायता रकम राष्ट्रिय बजेट प्रणाली वाहिर गएरखर्च गर्ने प्रवृत्तिमा केही कमी आएको पनि अझै नरोकिएकाले वैदेशिक सहायता नीति संसोधन गर्ने तयारी गरेको बताएको हो । राजस्व सचिव लाल शंकर घिमिरेले चालु महिना भित्र वैदेशिक सहायता नीति संसोधन सहित मन्त्रीपरिषद बैठकमा लाने तयारी गरेको बताए । उनले विकास साझेदारहरुलाई संघियता चिनाउन र वित्तिय अनुशासनमा राख्न यो महिना भित्र स्वीकृति प्रधान गरेर कार्यन्वयनमा लाने तयारी गरेको जानकारी दिए ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको वैदेशिक सहायता प्रतिवेदनमा नेपालमा ४० भन्दा बढी विकास साझेदार संस्था कार्यरत रहेकामा तिनले गत आर्थिक वर्ष सहायताको २२ प्रतिशत रकम राष्ट्रिय बजेट प्रणाली वाहिर रहेर खर्च गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा ७३ प्रतिशत सहायता रकम राष्ट्रिय बजेट प्रणालीबाट खर्च भएकोमा गत आर्थिक वर्षमा ७८ प्रतिशतले राष्ट्रिय बजेट प्रणालीबाट माफ्त खर्च गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्