सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरू «

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरू

सिटिजन्स बैंक इन्टरनेसनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो ।
हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न अघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको छ ।
यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत् भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्