डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर «

डिशहोमको नयाँ जडानसँगै स्पेन घुम्ने अवसर

डिशहोमले ग्राहकलाई उत्कृष्ट विभिन्न च्यानलसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजनामार्फत विभिन्न समयमा छुट तथा विविध अफर प्रदान गर्दै आएको छ ।
चाडपर्वको अवसरमा डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ । असोज ११ गतेदेखि लागु भएको योजनाअन्तरगत डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने छन् ।
हरेक नयाँ कनेक्सनमा ग्राहकले दुई हजार रुपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने बताइएको छ । स्पेन जाने चार भाग्यशाली विजेताको छनौट लक्की ड्रमार्फत गरिने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्