सेलपेले ल्यायो दसैं अफर

भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैंको अवसरमा ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । यस योजना अन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुले १ जीवी डाटा प्याक १० दिनका लागि र १ जना लक्की बिजेताले लक्की ड्रमार्फत ‘सामसङ ग्यालेक्सी फ्लिप ३ पाउने छन् ।
यो योजना असोज १७ देखि २६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो । यसबाट वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।
सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी २ पी, पी २ बी, बी २ पी, बी २ बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।
साथै ग्राहकहरुले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी बसी विभिन्न सामान खरिद गर्न सकिने छ ।