यतीको दसैं अफरमा स्कुटरदेखि हिरा जित्ने मौका «

यतीको दसैं अफरमा स्कुटरदेखि हिरा जित्ने मौका

यती एयरलाइन्सले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दसैं तिहार योजनाअन्तर्गत यात्रुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ ।
उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ ।
यो योजना असोज २१ देखि कात्तिक २४ गतेसम्म यती एयरलाइन्स मार्फत् उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागू हुनेछ । अग्रीम टिकट बुकिङ गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ ।
यो अफरमा सहभागी हुनका लागि यती एयरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा चेक–इन गर्दा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ । एकतर्फी यात्रा गर्दा १ वटा मात्र कुपन पाइने छ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने बताइएको छ । अर्थात् एकैपटक दुइतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले ४ वटा ‘लक्की ड्र’ कुपन पाउने छन् । हाल यतीले ५ वटा एटिआर–७२ विमान मार्फत् विभिन्न ८ वटा गन्तव्यहरुमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्