सन नेपाल लाइफको अभिकर्ता मोटिभेशन कार्यक्रम «

सन नेपाल लाइफको अभिकर्ता मोटिभेशन कार्यक्रम

सन नेपाल लाइफले विभिन्न ४ छुट्टा छुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले उद्घाटन गरेका थिए ।
महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बिमा अभिकर्ता तालिम र बिमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको जनाए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिवद्धतासमेत जनाए ।
देशैभर शाखा सञ्जालबाट बिमा सेवा प्रदान गर्दैे आएको यस कम्पनीले चाँडै नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्