परिना इन्टरनेसनलले ल्यायो भेनस ब्रान्डका उत्पादनहरू «

परिना इन्टरनेसनलले ल्यायो भेनस ब्रान्डका उत्पादनहरू

बिगत लामो समयदेखि अटोमोबाइल इन्ड्रस्ट्रिज तथा रोड कन्सट्रक्सन इक्विपमेन्टको निरन्तर बिक्री वितरणमा चिर परिचित परिना इन्टरनेसनलले हाल सिभिल कन्ट्रक्सनअन्र्तगत विगत १९ वर्षदेखि विभिन्न किसिमका उत्पादनहरू हजारौंको संख्यामा भारतलगायत नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा अफ्रिकि महादेशहरूमा समेत बिक्री वितरण गर्दै आएको भारतको प्रख्यात कम्पनी भेनस इक्विपमेन्टको भेनस ब्रान्डका सम्पूर्ण उत्पादनहरूको नेपालभरीको एकमात्र आधिकारीक बिक्रेता नियुक्त भई बिक्री वितरण गर्न लागेको कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक दीपक आचार्यले बताए ।
मेसिनको बिक्रीपश्चात् गुणस्तरीय निर्माण तथा ग्राहक सन्तुस्टि समेतका लागि भेनस कम्पनी र यस परिना इन्टरनेसनल अत्यन्त सजक रहेको भन्दै कम्पनीले बिक्रीपश्चात् प्रत्येक उत्पादनमा १ वर्षको वारेन्टीसहित सम्पूर्ण स्पेयर पार्टस्हरू न्यूनतम मूल्यमा उपलब्ध गराई मर्मत सम्भारमा समेत प्रतिबद्ध रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्