सीमा नाका खुलेपछि वीरगन्जका होटलको अकुपेन्सी बढ्यो «

सीमा नाका खुलेपछि वीरगन्जका होटलको अकुपेन्सी बढ्यो


बन्द रहेको नेपाल भारत सीमा नाका खुलेको दुई दिनमै वीरगन्जका होटलहरुको अकुपेन्सी बढेको छ ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण २०७६ चैत ११ गतेदेखि सीमा नाका बन्द भएपछि वीरगन्ज र आसपासका होटलहरु सुनसान बनेको थियो । लामो समय बन्द हुँदा होटलमा बस्ने पाहुना नहुँदा सुनसान बनेको होटलहरु सीमा नाका खुलेपछि स्तरीय होटलहरुमा बास्न बस्न ग्राहकहरु थालेको हो ।
असोज १५ गतेदेखि औपचारिक रुपमा सीमा खुलेपछि भारतीय पर्यटकहरु वीरगन्जमा आउन थालेको र होटलको अकुपेन्सी बढ्न थालेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताए । “सीमा नाका खुला भएपछि पर्यटक आउँछन् भन्ने हाम्रो दावी दुई दिनमै प्रमाणित भएको छ” उनले भने, “दुईदिन अघिसम्म फाट्टफुट्ट मात्रै होटलमा बस्न आउने ग्राहक थिए । अहिले मध्यम स्तरदेखि ठूला होटलहरुमा ग्राहक आउन थालेका छन् ।”
सीमा नाका खुलेको नेपाल र भारतमा प्रचार भएपछि अहिले भारतका ट्राभल एण्ड टुर्स कम्पनीहरुले पनि नेपाल भ्रमणको प्याकेजमा बुकिङ गर्न थालेको जानकारी आएको अध्यक्ष पन्तले बताए । नेपाल भ्रमणका लागि भारतीय ट्राभल्स एण्ड कुर कम्पनीहरुले १० दिनको प्याकेज बनाएर प्रचार प्रसार गर्दै बुकिङसमेत गर्न थालेको उनले बताए । बसपार्क क्षेत्रका साना गेष्ट हाउस र लजदेखि वातानुकुलित सुविधासहितका स्तरीय होटलहरुमा समेत भारतीय ग्राहक आउन थालेका छन् । ग्राहक नआएर कहिलेकाँही खाली हुने रुमहरु पनि अहिले बुक हुन थालेको होटल कुमु प्यालेसका सञ्चालक कुवेर कार्कीले बताए । उनका अनुसार नाका खुलेको दई दिनमै होटलमा रुम प्याक भएर अन्य होटलमा पठाउनु परेको थियो ।
बसपार्क क्षेत्रमा रहेका गेष्ट हाउसमा पनि ग्राहकहरुले भरिन थालेको होटल तथा पर्यटन व्यवसायी संघका महासचिव माधव बस्नेतले बताए । “अर्को होटलमा आएको ग्राहक रुम नपाएर आएपनि आफ्नो होटलमा पनि रुम प्याक भएपछि अन्तै पठाउनु प¥यो” उनले भने, “नाका खुलेपछि ग्राहकहरु आउन थालेका छन्, यसले सुस्ताएको होटल तथा पर्यटन व्यावसायमा अब केही सुधार होला ।”
घुम्न आउने पर्यटकहरु मात्रै नभइ वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगमा काम गर्ने कर्मचारी, व्यावसायिक कामले आउनेहरु पनि भएको हँुदा होटलहरु अब सञ्चालनमा आउन थालेका हुन् । दसैं, तिहार र छठ लगायतका चाडवाड पनि नजिकिँदै गएकाले नेपाल फर्किनेहरु वीरगन्ज नाका भएर फर्किदा टाढा टाढा घर भएकाहरु एकरात वीरगन्ज मै बसेर जाने हुनाले पनि होटलहरुमा चहल पहल सुरु भएको छ ।
नाका खुलेपछि भारतीय नम्बर प्लेटका सवारी साधनहरु पनि अब वीरगन्ज लगायत आसपासका होटलहरुमा देखिन थालेकाले होटल र पर्यटन व्यवसायीलाई केही राहत हुने होटल व्यवासायी संघ पर्साका महासचिव तबरेज आलमले बताए ।

प्रतिक्रिया दिनुहोस्