चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाईपीओ अवार्ड «

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाईपीओ अवार्ड

चौधरी गु्रपका प्रवन्धनिर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेन्ट्स अर्गनाइजेसन (वाईपीओ) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ । चौधरी फाउन्डेसनमार्फत नेपालको सामाजिक क्षेत्रमा पु-याएको योगदानका कारण उहाँ यस अवार्डका लागि छनोट हुनु भएको वाईपीओले जनाएको छ ।
वाईपीओले आफ्ना सदस्यमध्येबाट समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, गरिबी निवारण, समानता, वातावरण संरक्षणलगायतका क्षेत्रमा प्रभावकारी कामको नेतृत्व गर्ने सदस्यहरू उक्त अवार्डबाट सम्मानित हँुदै आएका छन् । यो अवार्ड ११ वर्षअघि स्थापना गरिएको हो ।
वाईपीओले नेपालले लिएको दिगो विकास लक्ष्य प्राप्तिप्रति आफ्ना हरेक क्रियाकलापहरूलाई लक्षित गर्दै आएको चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, उद्यमशीलता विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सम्पदा एवं आध्यात्मिक विकास गरी ६ वटा विधामा ४३ विविध कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेको छ । जसअन्तर्गत २२ वटा दिगो सामाजिक व्यवसाय, तीन हजार बढी विद्यार्थीहरूका लागि छात्रवृत्ति, भूकम्पपीडितहरूका लागि आवास निर्माण एवं नमुना बस्ती विकास, सीपविकास कार्यक्रममार्फत १६ हजारभन्दा बढी रोजगारी सिर्जना गरी फाउन्डेसनले महत्वपूर्ण योगदान पु¥याएको छ ।
चौधरी फाउन्डेसनद्वारा निर्माण गरिएको शाश्वतधाम नेपालकै उत्कृष्ट गन्तव्यका रूपमा नेपाल सरकारबाट समेत सम्मानित भइसकेको छ । हाल शाश्वतधाममा प्रतिमहिना कम्तीमा १ लाख ५० हजार आन्तरिक एवं वाह्य पर्यटक पुग्ने गरेका छन् ।
अवार्ड ग्रहण गर्दै प्रवन्ध निर्देशक चौधरीले वाईपीओको सेन अवार्डबाट सम्मानित हुन पाउनु आफ्नो र फाउन्डेसनका लागि गर्वको कुरा रहेको र यसले आफूलाई सामाजिक कार्य गर्न थप ऊर्जा एवं प्रेरणा प्राप्त भएको बताए । कुनै पनि सामाजिक कार्यलाई उच्च गुणस्तरको एवं दिगो रूपमा सञ्चालन गर्नु चुनौतीको रूपमा रहेको र यसैलाई हाम्रो समाज र समग्र राष्ट्रको उज्वल भविष्यको रूपरेखा तयार गर्ने अवसरका रूपमा फाउन्डेसनले लिएको पनि उनले बताए ।
१९ वर्षको कलिलो उमेरमा सिजीफिन्कोको स्थापना गरी आफ्नो व्यावसायिक यात्राको प्रारम्भ गर्नु भएका चौधरी ३० वर्षको उमेरमा विश्वव्यापी ख्याति आर्जन गरेको चौधरी ग्रुपको प्रवन्धनिर्देशक जस्तो महत्वपूर्ण पदमा नियुक्त भएका थिए ।
२०१८ मा सेन दिगो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वमा फेटजर भिनायार्डका सीईओ, गियानकार्लाे बियानचेटी (व्यवसायतर्फ), द वुमानिटी फाउन्डेसनका प्रेसिडेण्टयान बोर्गस्टेट (समानतातर्फ), द लाइटहाउस ब्रिस्टोका प्रेसिडेन्ट एलिजावेथ किन्नी (प्रभावतर्फ) तथा सोनायुक्तिका सिईओचोको भालिआपा (शिक्षातर्फ) छन् ।

 

प्रतिक्रिया दिनुहोस्