कांग्रेस महाधिवेशन : मुगुमा सभापतिमाद्वय शाहीको घम्साघम्सी

महिलाको उम्मेदवारी शून्य
मुगु – नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा मुगु जिल्लाको नवौं अधिवेशनमा सभापतिको लागिद्वय शाहीको घम्माघम्सि चलेको छ । जिल्ला सभापतिको लागि वर्तमान सभापति खड्गबहादुर शाही र पूर्वसभापति ऐनबहादुर शाहीबीच घम्साघम्सि चलेको हो ।
केन्द्रीय महाधिवेशनको तालिका अनुसार असोज १५ गते उद्घाटन गर्ने समय सीमा तोकिए पनि मुगु जिल्लामा नवौं अधिवेशन राजनीतिक, व्यक्तिगत खिचातानिले १६ गते उद्घाटन सत्र भएको थियो । नेपाली कांग्रेसको वडा, गाउपालिका, नगरपालिका सभा हँुदै जिल्लासम्मको अधिवेसनमा वरिष्ठ नेता रामचन्द्र पौड्याल र संस्थापन पक्षका शेरबहादुर देउवा पक्षबीच छुट्टाछुट्टै प्यानल गरी द्वय शाहीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन् भने पौड्याल पक्षमा सभापतिका लागि खड्गबहादुर शाही, उपसभापतिमा हरिजंग शाही, उपसभापतिमा देविलाल मल्ल, सचिवमा कालिबहादुर नेपाली, सह सचिवमा लोकेन्द्र थापा, सहसचिव उर्गिन तामाङ्ग छन् भने देउवा समूहबाट सभापतिका लागि ऐनबहादुर शाही, उपसभापति कर्णबहादुर रावल, उपसभापति रतनबहादुर शाही, सचिव जन्मजया भण्डारी, लोकेन्द्रबहादुर मल्ल सह सचिव शैलेन्द्र मल्ल, सहसचिव जन बहादुर खड्काले जिल्लाको लागि उम्मेदवारी दिएका छन् ।
मुगु जिल्लाको नेपाली कांग्रेसको नवौं महाधिवेशनमार्फत आ–आफ्नो नेतृत्व लाई बिजयी गराउन तल्लिन भएका छन् । सभापति पदको नेतृत्व चयन गर्नका लागि यहाका उम्मेदवारीहरू भोटमय भएका छन् । जिल्लाको नवौ अधिवेशनले स्थानीय तह, प्रदेश र संघको चुनावी माहोलको रन्को जस्तो देखाइरहेको छ । सदरमुकाम गमगढी बजारका मुख्य–मुख्य स्थान चोकहरूमा रंगिएका पोष्टर, पम्पलेट, लगायतका प्रचार–प्रसारका सामग्रीहरूले बजारनै झिलिमिली पारेका छन् । नेपाल सरकारले हरेक क्षेत्रको प्रतिनिधित्व गर्नेका लागि महिला, दलित, पिछडिएका वर्ग अपांगलगायत विभिन्न क्षेत्रहरूमा आरक्षण कोटा निर्धारण भए पनि जिल्लाको नवौं महाधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति गठन गर्ने प्रक्रियामा चुनावी मैदानमा उत्रिएका पौड्याल र देउवा पक्षबाट जिल्ला कार्यसमितिको उच्च पदमा उम्मेदवारी घोषणा गरेको विवरणमा महिलाहरूको उम्मेदवारीमा शून्य देखिएको छ ।