प्रदीप र अशोक बने आईएमई डबलको डबलको डबल अफरको विजेता घोषित «

प्रदीप र अशोक बने आईएमई डबलको डबलको डबल अफरको विजेता घोषित

आईएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत दोस्रो साताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका छन् ।
पानीपोखरी काठमाडौंमा अवस्थित आईएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । उनीहरूले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनु भएको थियो । अफर अनुसार आइएमईले वहाँहरू वा निजको सिफारिसमा वहाँहरूका निकटका आफन्तलाई लाई क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ ।
आईएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कात्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कुल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक साता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनसको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्