मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो «

मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

मेगा बैंक नेपालले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष ०७५÷७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो ।
गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको भन्दै बैंकले २०७५ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कुल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ जुन ५५ प्रतिशतको वृद्धि भएको बतायो ।

 

प्रतिक्रिया दिनुहोस्