कांग्रेस मनाङमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व «

कांग्रेस मनाङमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व

लमजुङ-नेपाली कांग्रेस मनाङको अधिवेशन सम्पन्न भएको छ । वडा तह देखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन गर्दै जिल्लाका सवै तहको अधिवेशन सम्पन्न भएको हो ।
सम्पन्न अधिवेशनले शंकर गुरुङको नेतृत्वमा नेपाली कांग्रेस मनाङमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार घोषणा भएको नतिजा अनुसार गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति सहित वडासम्मको अधिवेशन सर्वसम्मत भएको हो ।
जिल्ला सभापती बनेका गुरुङ यसअघि पनि नेपाली कांग्रेस मनाङको सभापती भएका थिए। उनी नेपाली कांग्रेस विभाजन हुँदा तत्कालिन शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापती बनेका थिए ।
नेपाली कांग्रेस मनाङका अनुसार जिल्ला कार्यसमिति उप–सभापतिद्वयमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् । सचिवमा सुरेन्द्र गुरुङले दोहो-याएका छन भने महेन्द्र घलेले पनि सचिवको जिम्मेबारी पाएका छन् । यसैगरी जिल्ला कार्यसमितिको कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भएका छन् । सह–सचिवद्वयमा काशिराम गुरुङ र सागर गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेस मनाङको जिल्ला कार्यसमिति सदस्यहरूमा तिलो गुरुङ, कर्मढिण्डु गुरुङ, हरि गुरुङ, विनाकुमारी गुरुङ, गमबहादुर गुरुङ, यमकुमारी गुरुङ, पूर्ण घले, ओमप्रसाद पुनदेन, दावाछिरिङ लामा, लप्साङ लामा, निमाछिञ्जो लामा, विष्णु लामा चयन भएका छन् । त्यस्तै शुकबहादुर गुरुङ, पासाङ लामा, सुशीला लामा, अर्जुन बिक, केशर बिक, पूर्णमाया गुरुङ, अनिल गुरुङ, इन्द्रकुमारी लामा श्रेष्ठ, थिङदोर्जे लामा, सोमबहादुर नेपाली, बेदबहादुर गुरुङ पनि सदस्यमा चयन भएका छन् ।
प्रतिनिधी सभाका लागि एउटै मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रदेश सभा निर्वाचन क्षेत्र क सभापतीमा छिरिङ घ्याल्बो लामा र प्रदेश निर्वाचन क्षेत्र नं. ‘ख’ को सभापतिमा छिरिङ ओङमा गुरुङ घले चयन भएका छन् ।
मनाङबाट महाधिवेशन प्रतिनिधिहरूमा सभापति शंकर गुरुङ सहित पूर्वसांसद पाल्तेन गुरुङ, पूर्वमन्त्री एवं निवर्तमान सभापती टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ चयन भएका छन् । त्यस्तै मनकुमारी घले, दावा गुरुङ, कर्मा अलोङ गुरुङ, आशा लामा, अभिप्रसाद पुनेल, प्रेम लामा, गम्भीरजंग बिक, कर्मा गुरुङ, अनिल गुरुङ (क), खेटुक गुरुङ, अनिता लामा, पार्वती लामा, अनिल गुरुङ (ख), छोङगिर्मे गुरुङ, ओङगेल गुरुङ महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
यसअघि मनाङ कांग्रेसले स्थानीय तह र वडाहरुमा पनि सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको थियो । मनाङ कांग्रेसले पार्टीको १४औँ महाधिवेशन शुरु हुनुभन्दा अगाडि नै वडादेखि जिल्लासम्म सर्वसम्मत रुपमा कार्यसमिति र प्रतिनिधिहरू चयन गर्ने सहमति गरेको थियो ।
सचिव गुरुङका अनुसार नेपाली कांग्रेस नासोङ गाउँपालिका कार्यसमितिको सभापतीमा हुपजङ गुरुङ, चामेमा पेम्बा दोर्जे लामा, नार्पाभुमीमा कुन्चोक थुन्जुङ लामा र ङिस्याङ गाउँपालिका कार्यसमितिका लागि कान्छा गुरुङ सम्वन्धीत पालिका सभापती भएका छन् ।
नेपाली कांग्रेस मनाङले जिल्लाको भौगोलिक विकटता र वर्तमान विपदको अवस्थालाई मध्यनजर गर्दै काठमाण्डौमै अधिवेशन सम्पन्न गरेको हो । मनाङमा गत असारको पहिलो साता आएको बाढी र पहिरोले आवतजावतमा निकै समस्या भएको र अधिकांश नेता कार्यकर्ताहरु पनि काठमाडौँमै रहेकोले जिल्लाको सवै तहको अधिवेशन पनि काठमाडांैमै भएको नेपाली कांग्रेस मनाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्