नगरका सडक हिलाम्य «

नगरका सडक हिलाम्य

जुम्ला-चन्दननाथ नगरपालिका–६ जिल्ला हुलाक कार्यालय, जुम्ला हुँदै बसपार्क जाने सडक हिलाम्य हुँदा नागरिकलाई आवतजावतमा सास्ती हुने गरेको छ ।
कर्मचारी, स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिबाट सधै उपेक्षामा पर्ने गरेकाले उक्त सडक बाह्रै महिना हिलाम्य हुँदा नागरिकले सास्ती खेप्नु परेको हो । चन्दननाथ नगरपालिकाले विकास निर्माणमा विशेष प्राथमिकता दिँदै, करोडौं बजेट छुट्याए पनि नगरभित्रकै अधिंकाश सडकको अवस्था नाजुक हुँदा पनि वास्ता गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, हुलाक कार्यालय हुँदै कारागार राहदेउ जाने परापूर्वकालदेखिको सडक हो यो । यसै बाटोबाट कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय र अदालतबाट कारागार राहदेउ लैजाने गरिन्छ । पञ्च्यात, प्रजातन्त्र हँुदै अहिले लोकतान्त्रिक जनप्रतिनिधि आउँदासम्म यो सडक उस्तै छ ।
तत्कालीन जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, सहरी तथा भवन डिभिजन कार्यालय र अरु विकासे कार्यालयमा जागिर गर्ने स्थानीय कर्मचारीले नयाँ सडक खोलेर आफ्नो घरसम्म कालोपत्र गरे तर धेरै पुरानो (मूलबाटो) सडकलाई उपेक्षा गरेका कारण बाह्रै महिना हिलाम्य हुने गरेको स्थानीय कार्मा लामाले बताए । यो टोल बस्तीमा जनजाति र अन्य नगर क्षेत्रभन्दा बाहिर गाउँपालिकाबाट आएर बसेका नागरिकको बस्ती भएकाले पनि बेवास्था गरिएको उनको गुनासो छ ।
बाहिर गाउँपालिकाबाट आउने आम नागरिक मुख्य बजार खल्रगा जानका लागि यही सडक भएर जाने क्रममा शरीरभरि हिलाम्य भएर जाने गर्दछन् । अर्का स्थानीय टोमा तामाङले भनिन्, “कतिपय स्कुलका बालबालिका पानीको खाल्डोमा परी रुँदै घर फकिर्ने गर्दछन् । यस्तो अवस्थाको हुँदा पनि सरोकारवालाको ध्यान यो सडकमा पुग्न नसकेको उक्त टोलवासीको गुनासो छ ।
चन्दननाथ नगरपालिका–६ का वडाध्यक्ष अजबहादुर रावलका अनुसार अहिले त्यस सडकमा नगरपालिकाको कुनै योजना बनाएको छैन । “सडक स्तरोन्नतिका लागि अन्य भवन डिभिजन र जिल्ला प्राविधिक कार्यालयमा बजेटको लागि पहल भइरहेको छ,” उनले भने, “पहिले बजेटको व्यवस्थापन गर्ने सकिने अवस्था थियो, जग्गावालाले केही जग्गा छोड्न मानेनन् यसले गर्दा पनि समस्या भएको हो ।” त्यो सडकलाई ६ मिटर चौडा बनाउने योजनाअनुसार जग्गावाला पनि जग्गा छोड्न सहमति भएका छन् अब अर्काे वर्षसम्म स्तरोन्नति हुने उनको भनाइ छ ।
स्थानीय सरकारको आएको दुई वर्षमा धेरै ठाउामा नयाँ सडक निर्माण भएका छन् भने, धेरै ठाउँका अधुरा अपुरा सडकको स्तरोन्नति भएको छ । तर नगरक्षेत्रभित्रको सबैभन्दा पुरानो व्यापारी केन्द्र सडकको अवस्था दर्दनाक छ । नत नगरपालिकाले वडालाई तोकता गर्न सकेको छ नत, वडा कार्यालयले यसको स्तरवृद्धिका लागि केही सोचेको छ ।
हिलाम्ये सडकले सवारी आजवत जावतमा सास्ती भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । नगरभित्रकै कुनै सडक चिल्ला र कुनै सडकको नाजुक हुँदा पनि नगरपालिका कानमा तेल हालेर सुतेको आमनगरवासीको गुनासो छ । विकास समृद्धिमा ठूलो उपलब्धि हासिल गर्ने सपना बाँडेका जनप्रतिनिधिले २ वर्ष पुग्दासमेत हुलाक कार्यालयको सडकको अवस्था नफेरिएको प्रति स्थानीयले दुःखेसो पोखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्