पर्यटक आगमनमा आंशिक सुधार «

पर्यटक आगमनमा आंशिक सुधार

पछिल्लो ९ महिनामा करिब ७७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को जनवरीदेखि सेप्टेम्बरसम्ममा ७६ हजार ८ सय ६४ पर्यटक नेपाल भित्रिएका हुन् ।
सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । सेप्टेम्बरमा सबैभन्दा बढी पर्यटक भारतबाट ३ हजार ५ सय २३ जनाले नेपाल भ्रमण गरेका छन् । दोश्रोमा अमेरिकाबाट १ हजार ८ सय ६४ जना छन् ।
बोर्डका अनुसार सार्क मुलकबाट पर्यटक आगमन दर ३८ प्रतिशतले वृद्धि भएर ३ हजार ७ सय ३४, एसियाबाट ६ प्रतिशतले वृद्धि भएर ५ सय ५८, यूरोपबाट १८ प्रतिशतले बृद्धि भएर १ हजार ७ सय ३३,अमेरिकाबाट १९ प्रतिशतले वृद्धि भएर १ हजार ८ सय ६४ र अन्य मुलुकबाट १७ प्रतिशतले वृद्धि भएर १ हजार ६ सय ४० जना पुगेको छ ।
सन् २०१९ को अन्त्यबाट चीनबाट फैलिएको कोेभिड–१९का कारण विश्वभर नै पर्यटन गतिविधि र पर्यटक आवागमनमा प्रतिबन्धका कारण पर्यटन क्षेत्र सुस्ताएको थियो । सन् २०१९ मा ११ लाख ५२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भ्रमण गरेका थिए । सरकारले २० लाख पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको भएपनि कोभिडका कारण स्थगन गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्