अब ‘अडियो म्याप’ «

अब ‘अडियो म्याप’

पीडा, दुःख, करूणा, माया, दया, घृणा, प्रेम, विक्षिप्तजस्ता हर्ष र विषादको अवस्था मानिसले जीवनभरि नै अनुभव गर्छ । यस्ता जीवनका मनोदशा र मनोभावनालाई बुझाउने ध्वनि र हर्ष र विस्मात बुझाउने शब्दहरू हुन्छन् ।
यस्तो मनोदशामा बाँचिरहेका बेला यस्तो अवस्थाका भावहरू अनुहारमा बदलिन्छ । त्यो स्वरमा व्यक्त हुँदैन । तर जब यो शरीरका गतिविधि र मानसिक संक्रियाहरूको योगफलबाट यस्तो मनोदशा ध्वनिबाट व्यक्त हुन्छ, त्यतिखेरका ध्वनिलाई एक सूचना प्रविधिको क्षेत्रमा तथ्यांकीय आकार दिइएको छ । यसलाई ‘अडियो म्याप’ भनिएको छ । यो अन्तरक्रियात्मक अडियो म्याप हो ।
आह, सी, उह आउच जस्ता शब्दहरू मानिसका मनोभावना जनाउने शब्द वा ध्वनिहरू हुन् । जितेमा ‘याहु’ ध्वनि निस्कन सक्छ । सूचना प्रविधि क्षेत्रका वैज्ञानिकहरूले यस्ता ध्वनिहरूको नक्शांकन गरेका हुन् । यस किसिमको सोचाइ पहिले थिएन ।
यो अन्तरक्रियात्मक अडियो म्यापमा भय, खुशी, दुःख, आश्चर्य, उत्साहजस्ता सकारात्मक र नकारात्मक दुवै खाले मनोभावनाहरूलाई दर्शाउने ध्वनिहरूलाई समावेश गरिएको छ । यस्ता २४ भावनाहरूमा मानिस बहकिएर व्यक्त गरिने २ हजार भन्दा बढी ध्वनिहरूको नक्शा बनाइएको हो ।
यो नक्शामा राखिएका ध्वनिहरू तपाईं–हामी सुन्न सक्छौं नै तर यसको प्रयोग कृत्रिम बौद्धिकतामा आधारित मेसिनको विकास गर्न हुने उनीहरूको भनाइ छ ।
नक्शामा विभिन्न रंगबाट प्रदेश तहको पहिचान गराउने गरिएजस्ता यसको नक्शांकनमा पनि ध्वनि र रंगको प्रयोग गरिएको छ । तपार्इंको कर्सर जुन रंगमा जान्छ, त्यस अन्तर्गत संकलन गरी राखिएका मनोभावका ध्वनिहरू सुन्न सक्नुहुन्छ ।
बर्कलेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको यो नयाँ अनुसन्धानबाट तयार पारिएको अडियो म्यापमा यस्ता ध्वनि राखिएको हो । यी शब्दहरू सबै क्रियात्मक पदावली होइनन् । वैज्ञानिकहरूले तयार पारेको तथ्यांकीय विश्लेषणमा सबै हर्ष र विस्मात् अन्तर्गत पर्ने ध्वनि वा शब्दहरू हुन् ।
यस्ता हर्ष र विष्मयादिबोधक शब्दलाई ‘भोकल ब्रस्ट’ भनिएको छ । २ हजार भन्दा बढी यस्ता ध्वनिहरू सबै गैरक्रिया( ननभर्बल) शब्द भएको जनाइएको छ ।
यसअघि संकलन गरिएका यस्ता मानव ध्वनिहरूको भन्दा दोब्बरले बढी संकलन गरिएको छ । मनोवेगका आलिंगन र आवेगका बिछोडका बेला निस्कने मनोभावका ध्वनिहरू समेत यसमा समावेश छन् । विश्वभरिका विभिन्न क्षेत्रका मानिसहरूमा हुने यस्ता अवस्थामा उत्पन्न ध्वनिलाई समावेश गरिएको छ । यसरी संकलित ध्वनिको विभिन्न आधारमा विश्लेषण र व्याख्या गरिएको छ । त्यो विश्लेषण र व्याख्या सूचना प्रविधिका क्षेत्रमा भविष्यमा निर्माण हुने उपकरणलाई चाहिने डेटा तयार पारिएको छ ।
ती वैज्ञानिकहरूले अहिलेसम्म संकलन गरेका ती विभिन्न २ हजारभन्दा बढी ध्वनि विभिन्न क्षेत्रका ५६ अभिनेताहरू लिइएको छ । त्यसलाई एक आपसमा कसरी मिश्रण गरिन्छ ।
उदाहारणका लागि यसरी मिश्रण गरिएका ध्वनिहरूमा सौन्दर्य बोधका बेला निस्कने ध्वनिहरूको योगदान २५ प्रतिशत छन् । सन्तुष्टि जनाउने २५ प्रतिशत निराशा जनाउने १७ प्रतिशत, भय जनाउने ८ प्रतिशत, आंकाक्षा वा इच्छा जनाउने ८ प्रतिशत, अपराध बोध जनाउने ८ प्रतिशत र स्वीकारोक्ति जनाउने ८ प्रतिशत रहेका छन् ।
अध्ययनकर्ताहरूका अनुसार बोलीबाट निस्कने मनोभावनाको यो अध्ययन एक बृहत प्रस्तुति हो । यो अध्ययनका लेखक तथा गेटर गुड साइन्स सेन्टरका निर्देशक तथा क्यालिफोर्निया युनिभर्सिटीका मनोविज्ञानका प्रोफेसर डाचर केल्टनरले भने, “विष्मय, आराधना, आशक्ति, सहानुभूति र लज्जाबोध जस्ता ध्वनिहरूको एक बृहत अध्ययन हो ।”
यस्ता ध्वनिहरूको प्रयोग मानिसहरूले करोडौं वर्ष देखि गरिआएका छन् । उनीहरूले यस्ता ध्वनिहरू सामान्यरूपमा एकले अर्कालाई मनोभावना बुझाउन संकेत गर्दै आएका हुन् । ती संकेतका आधारमा मानिसहरूबीचको निकटता र दूरस्थता स्थापना हुन पुग्छ । यद्यपि कतिपय ध्वनिहरूको प्रयोग उही भाषाका प्रयोग गर्नेहरू मात्रले गर्दैनन् । अन्यले पनि नजानिदो तबरले त्यस्ता ध्वनि निकाल्न पुग्छन् ।
अनुसन्धानकर्ता एलन कोवनले भने, “यो प्राप्तिले मनोभावना अभिव्यक्त गरिने ध्वनि मानिसका लागि कत्ति शक्तिशाली उपकरण हो, त्यसलाई दर्शाउँछ ।”
सिंगापुरदेखि केन्यासम्मका विभिन्न देशका ५६ अभिनेताहरू र स्वयंसेवीहरूले यो अडियो म्याप निर्माण गर्न सहयोग दिएका हुन् । उनीहरूलाई यस्ता मनोभावना व्यक्त गर्न त्यस अनुरूपको दृश्य दिइने गरिएको थियो । उनीहरूले त्यस दृश्य अनुरूप ध्वनि निकालेका थिए । त्यसलाई यो अध्ययनको विषय वस्तु बनाइयो ।
भय, आश्चर्य, दुविधा र स्वीकार गर्ने अवस्थामा चिच्च्याउने शब्दहरू उनीहरुले व्यक्त गरे । त्यसलाई संकलन गरियो । यी ध्वनिहरूको प्रयोग विश्वभरिका १ हजार वयष्कमाझ अनलाइन सर्वेक्षणमा गरियो । उनीहरूलाई यी ध्वनिहरूबाट के बुझिन्छ वा कुन अवस्थामा व्यक्त गरिन्छ, त्यो सोधिएको थियो । यसरी सर्वेक्षणका जवाफ र पहिले तय गरिएका ध्वनिको विश्लेषण गरियो ।
विश्लेषण गरिएपछि मानिसहरूबाट व्यक्त हुने मनोभावको वर्गीकरण गरी त्यस अनुरूप ध्वनिहरूको वर्गीकरण गरिएको छ । कृत्रिम बौद्धिकता वा एआईको प्रयोग अहिले भईआएको छ । स्मार्टफोनमा प्रयोग हुने ‘अलेक्सा’ वा ‘सिरी’ एआईका उदाहरण हुन् । यी एआई प्रविधिलाई अझ ध्वनिबाट नियन्त्रित गर्न सकिने विभिन्न किसिमको डिभाइस बनाउन खोजिएको छ । अलेक्सा र सिरीले यो अडियो म्यापबाट मानिसका मनोभावनाबारे अध्ययन गर्छ । अध्ययन गरेपछि उनीहरूले मानिसको मनोभावनालाई पहिचान गरी त्यस अनुरूप यी एआईले आफ्नो मालिकको सेवा गर्नेछ । अहिलेको भन्दा बढी प्रभावकारी ढंगबाट एआईले मानिसका यी विभिन्न मनोभावनाको पहिचान गर्न सक्ने उनीहरूको विश्वास छ ।
यति मात्रै होइन, यसको चिकित्सकीय उपादेयता धेरै ठूलो छ । हास्य र रोदन जस्ता मनोभावना मानिसका मानसिक गतिविधिसँग जोडिएका विषय हुन् । मानिसको पागलपन, विक्षिप्त, उन्माद, मनोभ्रमजस्ता मानिसक रोगहरूको उपचारमा मनोचिकित्सकहरूलाई यो अडियो म्यापले थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कवन भन्छन्, “मानिसहरूले निकाल्ने ध्वनिका आधारमा मानसिक अवस्थाको अध्ययन गरी त्यस अनुरूपको उपचार गर्न सकिन्छ ।” भय र दुविधाले पार्ने मानसिक रोगको उपचार भिन्नै हुन्छ । अपार हर्षले निम्त्याउने मनोरोगको उपचार भिन्न ढंगबाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्