सेयर बजार ५६ अंकले घट्यो «

सेयर बजार ५६ अंकले घट्यो

केही समययता ओरालो लागेको सेयर बजार साताको पहिलो दिन आइतबार उच्च अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५५.९३ अंकले घटेर २५७७.४९ अंकमा अडिएको छ ।
सेयर धितो कर्जालाई नियन्त्रण गर्ने मौद्रिक नीतिको व्यवस्थासँगै ओरालो लाग्न थालेको बजार पछिल्लो समयमा बैंकिङ क्षेत्रको तरलता अभावले समेत प्रभावित हुँदै आएको छ । गत साता पनि नेप्से सूचक १८६ अंकले घटेको थियो ।
आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचकहरु पनि ओरालो लागेका छन् । बैंकिङ २९.२६, व्यापार ५६.६३, होटल तथा टुरिजम १०२.८२, विकास बैंक १३८.४१, जलविद्युत् १११.६१, फाइनान्स ९७.१२ अंकले घटेको छ ।
यसैगरी निर्जीवन बिमा १८८.५, उत्पादन समूह १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, जीवन बिमा २७२.१४ म्युचुअल फण्ड ०.१७ र लगानी समूह ३.३३ अंकले घटेका छन् ।
सेयर बजारको गिरावटसँगै कारोबार सेयर संख्या र कारोबार रकम पनि घटिरहेको छ । आइतबार २३२ कम्पनीका ८९ लाख ४८ हजार बराबरको सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्