अपरसोलु जलविद्युत्ले ३३ करोडको सेयर जारी गर्दै «

अपरसोलु जलविद्युत्ले ३३ करोडको सेयर जारी गर्दै

 सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत्को प्रवद्र्धक अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड ७ लाख ५० हजार बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।  सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत्को प्रवद्र्धक अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड ७ लाख ५० हजार बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ताब बराबरको सेयर जारी गर्न लागेको हो । निष्कासन हुने सेयरमा१३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय र १९ लाख ५७ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले आगामी जेठमा आयोजना प्रभावित तथा एक बर्षपछिको फागुनसम्ममा सर्वसाधारणका लागि सेयर निकाष्शन गरिसक्ने जनाएको छ ।  कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारी र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्